अस्मिता चौधरी र गोमा अधिकारी सहयोगार्थ सैनामैना तीज बिसेष कार्यक्रम भब्य र सब्य रुपमा  सम्पन्न  !

द एबी प्रिजेन्ट नेपाल ,भाद्र ०१ दुबई: –सैनामैना सेवा समाज युएई द्वारा आयोजित तिज बिषेस तथा दुर्घटना मा पिडित अस्मिता चौधरी र मिर्गौला पिडित गोमा अधिकारी सहयोगार्थ तीज बिसेष कार्यक्रम भब्य र सब्य रुपमा समपन्न भएको छ ।

कार्यक्रम सस्था का अध्यक्ष केशब ढकाल को सभापतित्वमा र नेपाली समाज युएइका अध्यक्ष चन्द्र प्रसाद सापकोटा को प्रमुख आतिथ्य मा भएको थियो भने यूएईका कृयाशिल थुप्रै संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेबि र पत्रकारहरुको बाक्लो उपस्थिति थियो भने औपचारिक कायक्रम सस्था का माहा सचिब युवराज भट्टराई ले सन्चालन गर्नु भएको थियो ।

बाल्यकालमा सवारी दुर्घटनामा परि मानसीक सन्तुलन गुमाएकी अस्मीता चौधरी र मृर्गौला पिडित गोमा अधिकारीको उपचारका लागी सहयोग रकम जुटाउन दुबई मा तिज बिषेस कार्यक्रम गरिएको थियो ।आर्थिक स्थिति कम्जोर भएकै कारण हाल सम्म उपचार गर्न समस्या भएको भन्दै सैनामैना सेवा समाज यूएईको आयोजनामा कार्यक्रमको आयोजना गरि सहयोगी रकम उठ्न थालिएको हो।

बिदेशमा रहेर पनि चेलिबेटी लाई घर जान नपाउदा को पिडा लाई नाच गान गरेर रमाईलो खुसी बनाउने उद्देश्य सहित पीडित को लागि सहयोगार्थ कार्यक्रम गरिएको थियो । सो कार्यक्रमबाट सकंलित रकम केही दिनमा पिडित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम संयोजक मन्जु थापाले जानकारी दिनुभयो । उपचारका लागी पिडित परिवारले सहयोगको याचाना गरेका थिए । बिगत केही समय अगाडी समाजले सैनामैना ५ का सडक दुर्घटनामा परेका मदन परिवाराई आर्थिक सहयोग र स्थानिय बिधालयमा गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु को साथै थुप्रै पिडित लाई सहयोग गर्दै आएको छ ।

कार्यक्रम पूण रुपमा सफल भएको र समाज ले गरेको काम र कलाकार लाई सस्था ले गरेको सम्मान लाई उपस्थित कलाकारहरु ले खुलेरै प्रसंसा पनि गरेका थिए भने कार्यक्रम हल पनि दर्सकहरुले खचा खाच भएको थियो भने निकै रमाएका पनि देखिन्थे ।

सैनामैनाबाट रोजगारीको शिलशिलामा दुबई पुगेका युवाहरुले सैनामैना सेवा समाज नामक संस्था बनाएर बिभिन्न कार्यक्रम संचालन गरी सहयोग रकम संकलन गरी सैनामैनामा गरिब, असाय र पिडितलाई आर्थिक सहयोग गर्दै आएको सस्थाका अध्यक्ष केशब ढकालले बताए ।
र आगामी दिनमा नि परि आए सस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै विभिन्न ठाउँमा परेको सहयोग गर्ने पनि बाचा गर्नु भयो ।

प्रकाशित मिति August 18, 2019
Loading...