रबि लामिछाने माथि अर्को सँकट,शालिकरामकी श्रीमतीलाइ  फकाएर किटानी जाहेरी दिन लगाएको खुलासा ! हेर्नु होस् भिडियो सहित

आफ्नो श्रीमानको १३ दिनको काम सकाएर शालिकरामकी श्रीमतीले अचानक यस्तो गरिन । रबि लामिछाने माथि अर्को सँकट आयो माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको घटनामा पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता सँगका कार्यक्रम सञ्चालक रवि लामिछाने

विरुद्ध उजुरी दिएकी छन् । प्रहरीले तीन दिन अघि नै सो घटनाको छानविन गर्न रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरीसकेको छ । प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका न्युज २४ नेपाल टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

प्रकाशित मिति August 18, 2019
Loading...