कुलमान भन्छन्- यही वर्ष प्राधिकरणको नाफा ८ अर्ब नाघ्छ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आवमा प्राधिकरणले ८ अर्ब नाफा गर्ने बताएका छन् । प्राधिकरणको ३४औं वार्षिकोत्सवका अवसरमा प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा उनले भने, गत वर्ष प्राधिकरणले ७ अर्ब २० करोड नाफा गरेको छ, यो वर्ष खुद नाफा ८ अर्ब नाघ्छ’|

आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफा कमाएको प्राधिकरणले गत वर्ष नाफ १२९ प्रतिशतले बढाएको छ । प्राधिकरणको नाफा एक वर्षमै ४ अर्ब ३० करोडले बढेको हो । ‘यस्तै प्राधिकरणले भारत बिजुली निर्यात पनि बढाएको छ । भारतबाट गत वर्ष २ अर्ब ८१ करोड युनिट बिजुली आयात भएकोमा ३४ करोड युनिट निर्यात भएको छ ।

इतिहासमै पहिलो पटक विद्युत चुहावट ३२ प्रतिशतबाट १५ प्रतिशत झार्न प्राधिकरण सफल भएको उनले बताए । कार्यकारी निर्देशक घिसिङले गत वर्ष बिजुली खपत १५ प्रतिशतले बढेको तथ्य प्रस्तुत गरे । ‘विद्युत उत्पादन गत वर्ष ७ प्रतिशतले बढेको छ,’ उनले भने, ‘अहिले देशभर ७ अर्ब ५५ करोड युनिट विद्युत उत्पादन भइरहेको छ ।

प्राधिकरणले गत वर्ष ३८ रुग्ण आयोजनाको निर्माण गरेको पनि उनले जानकारी गराए । सन् २०२३ सम्ममा देशभर विद्युतीकरण हुने भन्दै कार्यकारी निर्देशक घिसिङले अब कसैले पनि विद्युत अभाव महसुस गर्न नपाउने जानकारी गराए । वार्षिकोत्सवका अवसरमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै प्राधिकरणका १५ कर्मचारी पुरस्कृत भएका छन् ।’

प्रकाशित मिति August 18, 2019
Loading...