करिस्मा मान्धरको स्टाटस निकै आलोचित बने पछि काल्पनिक अर्थ नलगाई दिनु होस भन्दै माफी मागिन !

चर्चित अभिनेत्री करिस्मा मान्धरले केहि दिन अगाडी आफुले फेसबुकमा हालेको स्टाटस निकै आलोचित बने पछि कुनैपनि शब्दको अतिवादी सोच बनाउदै तेस्को काल्पनिक अर्थ नलगाई दिनु होस भन्दै सम्पूर्ण लाइ आग्रह गरेक छिन |

उहा को स्टाटस जस्ता को तेस्तै -: आदरणीयहरु मा के आग्रह गर्न चाहान्छु भने कुनैपनि शब्दको अतिवादी सोच बनाउदै तेस्को काल्पनिक अर्थ नलगाई दिनु होस , म पनि जनता ले नै बनाएको मानिस हु , समाज प्रती उतरदाइत्व महसुस गर्ने मानिस हु ।तेसैले जब केही चित्तबुझ्दो नलागेमा सामाजिक संजाल मा केही लेख्ने गर्छु । अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिये त्यसामा जनतालाई भेडा भनेको होइन , भेडो सोझो हुन्छ , खराव होइन ! त्यो भेडो पनलाई इन्कित गरेको हु ।

नेपाल को जनसंख्या २६४९४५०४ सबै मेरा प्यारा र आदरणीय हुनुहुन्छ , वाहाहरु को मायाले आज यो कलाकार करिश्मा मानन्धर छ । तर के चाहिँ हो भने कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउछ , कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ , हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुराउनु पर्यो ! राज्यको कामकारबाही सहि नभएमा अवस्य पनि आपत्ति उठाउनु पर्छ । सहि तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दाइत्व हो । फेरि यो मैले अहिले भैरहेको केस बारे भनेकै होइन यो हरेक केस मा हो ।

राज्यले सहि तरिकाले कामकामकारबाही गर्न असमर्थ भयेका कारण अराजकता फैलियो भनेको हु । अन्त्यमा मेरो शब्दले मेरो शब्द अफुलाइ भनेको हो भनेर रिसाउनु भएको छ भने माफ गरिदिनु होला ।त्यो कुनै व्यक्तिलाई भनेको होइन प्रबिर्तीलाई भनेको हु जसबाट हामी सबै बच्नु पर्छ । शुभदिन

करिस्मा मान्धरको फेसबुक बाट

प्रकाशित मिति August 18, 2019
Loading...