रवी लामिछाने सर्मथकहरुले गरे भोली बन्द आह्वान !

काठमाडौं -:  चर्चित सञ्चारकर्मी रवी लामिछाने पक्राउ परेपछि चितवनमा मात्रै नभई देशभर नै तनाब सुरु भएको छ । रवीको सर्मथनमा आएका ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । हजारौंको संख्यामा प्रदर्शनहरु भइरहेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा दोषी भएको भन्दै लामिछाने, अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला अदालत चितवनले थप ५ दिन थुनामा राख्न भनेको छ । यो बीचमा अहिले सामाजिक सञ्जालमा भोली चितवन बन्द गर्ने हल्ला सुरु भएको छ ।

सामाजिक सञ्जालमा रवी लामिछाने शुभचिन्तकहरुको नामबाट जारी भएको पर्चामा लेखिएको छ, ‘भ्रष्टाचारविरोधी सामाजिक अभियान्ता रवि लामिछानेलाई झुटा मुद्दा लगाई फसाउन लागेको विरोधस्वरुप मिति २०७६ साल साउन ३२ गते यातायात, व्यापार, शैक्षिक संस्था लगायत सम्पूर्ण चितवन बन्दको आह्वान गर्दछौं ।’ यस विषयमा चितवन प्रहरीले आफुहरुर्लाइ कुनै जानकारी नभएको जनाएको छ ।

Loading…

प्रकाशित मिति August 17, 2019
Loading...