भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ दिन ऋषि धमला क्यामारा बोकेर दिल्ली पुगेपछि|

काठमाडौं: भारतमा लोकसभा निर्वाचनको मतगणनाले भारत मात्रै होइन छिमेकी मुलुक नेपालमा पनि व्यापक चर्चा पाएको छ। निर्वाचनको मतगणना चलिरहँदा त्यसले विश्वकै ध्यान खिचिरहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले भारी बहुमतसहित फेरि पनि सरकारको नेतृत्व गर्ने पक्का भएको छ। यसविच भारतीय जनता पार्टीले आज साँझ दिल्लीमा एक विशेष विजय सभाको आयोजना गरि खुशि साटेको छ।

भारतीय लोकसभा निर्वाचनको नतिजा आउँने क्रमसँगै नेपालका चर्चित पत्रकार ऋषि धमला पनि भारत पुगेका छन्।भारतीय जनता पार्टीले कार्यक्रम गरेको स्थानमा धमलालाई देखिए पछि सबै छक्क परेका थिए। नेपालका हटकेट पत्रकार धमला यहाँ कुनै पनि नयाँ इशु आउँदा निकै अगाडि बढिरहेका हुन्छन्।

भारतबाट नै लोकसभा निर्वाचनको ताजा मत परिणामसहित नयाँ नयाँ खबरहरु अपडेट गर्न धमला भारत पुगेको बताइएको छ।भारत बाटै फेसबुक लाइभमा आएका धमलाले भारतको लोकसभा निर्वाचनले नेपाललाई पनि प्रभाव पार्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचण्ड जितको लागी बधाइ दिँदे खुशि साट्न आफु पनि दिल्ली आएको बताए।भारतीय नेताहरु सँग राम्रै उठबस भएका धमलाले दिल्लीमै रहँदा भारतका उच्च तहका नेताहरुसँग पनि कुरकानी गर्ने बताइएको छ

‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’
हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।

– शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै ।
– यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ ।
– यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।
– मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
– केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।
– नरकका तीन द्वार छन् – क्रोध, वासना र लोभ ।
– तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन ।
– जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन् ।

प्रकाशित मिति May 24, 2019
Loading...