हिसाबप्लस । चितवन -: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवी लामिछानेको सर्मथनमा चितवनमा जुलुस निकालेका छन ।
जुलुसमा सहभागिहरुले रवी लामिछानेलाई फसाउन खोजेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् । लामिछाने अहिले चितवन प्रहरीको नियन्त्रणमा छन् । उनका सर्मथकले प्रहरीको विरुद्धमा प्रहरी कार्यालय अगाडी नारा जुलुस लगाएका छन् ।
पत्रकार लामिछानेको पक्षमा धेरै नेपाली युवाहरुले सर्मथन जुटाउने प्रयास गरीरहेका छन भने कतिपयले लामिछाने निर्दोस भएको र उनलाई फसाउन खोजे भन्दै तुरुन्त रिहाई गर्न सामाजिक संजाल फेसबुक मार्फत माग गरेका छन ।
प्रकाशित मिति August 16, 2019
Loading...