रबि लामिछानेबारे अपडेट गराउँदै प्रोडूसर दिपक बोहोराले गरे यस्तो खुलासा-हेर्नुहोस् (भिडियो सहित)

काठमाडौँ, साउन -:  प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ ।नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ ।

हेर्नुहोस भिडियो …

प्रकाशित मिति August 16, 2019
Loading...