केपीले जबज नछोड्ने भएपछि नेकपामा अर्को सङ्कट!

साङ्गठनिक एकता न’टुङ्गिँदै नेपाल कम्युनिस्ट पार्टीमा वैचारिक झमेला शुरु भएको छ । पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी हुँदै गएको र केपीलाई घेराबन्दीमा परेको महसुस हुन थालेपछि नेकपामा आन्तरिक तनाव बढेको छ । प्रचण्डहरूले बहुदलीय जनवाद (जबज) लाई अस्वीकार गर्ने र पार्टीलाई अप्ठ्यारो स्थितिमा पुऱ्याउने देखिएपछि केपी ओली तथा उनका समर्थकहरूले ‘जबज’ मर्न नदिन पार्टीभित्र अभियान शुरु गर्ने भएका छन् । ओली पक्षले यसरी बहुदलीय जनवादको पक्षमा वातावरण बनाउने कार्य शुरु गर्ने भएपछि माधव नेपाल पक्ष अप्ठ्यारोमा परेको छ भने प्रचण्डहरूचाहिँ क्रूद्ध बन्न पुगेका छन् ‘।

“गत वर्ष नै टुङ्गो लागिसकेको विषयलाई अहिले आएर केपीले उछाल्नुलाई प्रचण्डले एमालेकरणको प्रयास ठानेका छन् । कतिपयले जबजको मुद्दा उठाएपछि एमालेजति एकीकृत तथा जागृत हुने र त्यसले पार्टीको आगामी महाधिवेशनमा केपी पक्षलाई नै विजयी गराउने विश्लेषण पनि गरेका छन् ।राजधानीमा यसै साता आयोजित एक समारोहमा ईश्वर पोखरेलले ‘जबज अभियान लिएर आफू कार्यकर्ताबीच जाने घोषणा गरेपछि यो विषयले नेकपाभित्र तरङ्ग पैदा गरेको हो “।

प्रकाशित मिति May 24, 2019
Loading...