यस्तो छ त जनै पूर्णिमा को महत्व, पढेर सेयर गरौ !

अति उतम मानिने हिन्दु परम्परा जनै पुर्णिमा,दिदी ,बैनी र दाजु भाइको गहिरो नाता हातमा रक्षाको धागो बानेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्व मानिन्छ,आज देखि बर्ष दिनमा आउने चाड पर्ब शुरु हुने गर्दछन,जनै,पुर्णीमाको दिन मुलरुपमा ब्राहृमणहरुद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रताको सुचक धागो बांधेर उनीहरुको जीवनमा विभिन्न प्रकारको अशुभता,दरिद्रता,भाग्य हिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर उल्लेख विभिन्न धर्म ग्रन्थमा भएता पनि,यसलाई विद्धान,समाजमा जे जसरी लिउंन तर आफन्तको

माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन,दिदी बैनीले दाजु भाइलाई बोलाएर जनै ,दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरुको सु-स्वास्थ,दिर्धायु जीवनको लागी कामना गर्दै आशीर्वाद दिदै,विभिन्न थरीका खाने कुरा,ढकने,सेलरोटी,खिचडी जस्ता आजको दिनमा सबै भन्दा महत्व पूर्ण रहने भएकोले मिठो स्वादमा पकाएर दाजु भाइलाई खान दिने र हाशी खुशी खादै सबैले यो चाड मनाउने गर्दछन भने आजको दिनमा बुडा पाखाले भने आफुले मान्य आफ्ना ज्वाईलाई बोलाएर ज्वाई बाट हातमा धागो बान्दै जैन फेर्ने र ज्वाईलाई टिका लगाई हातमा फल तथा दक्षिणा दिने चलन आज पनि जिबित नै छ,हिन्दु धर्मावलम्बी ब्राह्मण बाट शुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउदै आएको यो जैन र पबित्र हातमा बाधिने काचो धागोको महत्व हो तर हिजो आज यसलाई अलि फैसंनको रुपमा इन्डियाको देखा सिकी सुन्दर तथा रङ्गी विरङ्गी झिली र मिली राखी दाजु भाइको

हातमा बाधेर मनाउने गर्दछन,त्यस्तै यो जैन पुर्णिमा भनेको ब्राहृमणहरुले काचो धागोलाइ तीन डोरालाइ दोब्बर गरि ६ डोरा बनाएर लगाउने,जनैका तिन डोराले सत्व रज र तम यी तीन

गुणको प्रतिनिधित्व गर्दछ भन्ने भनाइ छ,भने ६ डोराले मानिसको जीवनलाइ असफल गराउने काम क्रोध लोभ मोह मद मात्सर्य यी षडरिपुलाइ नियन्त्रण गर्दछ भन्दै मन्त्र जप्दै बर्ष भरि बनाएर राखिएको जनै आजको दिन पुजा र पाठ गरि मन्त्र जपेर शुद्ध गरि बर्ष दिन सम्म फेर्न वा,विभिन्न चार्ड पर्व,मरन तथा हरेक पुजामा प्रयोग हुने गर्दछ,जसरी पंचमीको बर्त महिलाहरुको लागि महत्व छ र उनीहरुले त्यो कर्म खोलामा नुहाएर चोखो बसी सप्तऋषिको आरधना सुद्ध भएर गर्दै चोखो एक छाक खाएर गर्दछन त्यस्तै यो जैन पुर्णिमा पुरुषहरुले

ब्राह्मणको कर्म पुरा गर्न आफुले बर्ष भरी गरिएको केहि त्रुटी भए आफ्नो कर्म गर्न खोलामा गई शुद्ध भएर नुहाउदै मन्त्रको उच्चारण गरि जनै फेरी आफ्नो पितृहरुलाई सम्झेर अजुलिले अर्ध दिदै सप्तऋषिको आराधामा गर्दै शुद्ध भई घर देखि हातमा रक्षाको धागो बान्दै आफ्नो ब्राह्मण धर्मको रक्षाको लागी आफ्ना शिष्यहरुलाई पनि कर्म गराउदै यसको व्यवस्था गर्न तल्लीन हुन्छन्,यसरी रक्षा-बन्धन पर्वले आफ्नो संस्कृतिको,पम्परा र धर्मको रक्षा गर्दै समाजमा पनि प्रभावित पार्दै आएको हामीले पाउछौ,यो पर्ब हिन्दुहरुका लागि मात्र नभै सम्पुर्ण मानव जातिकै लागि महत्वपुर्ण पर्वको रुपमा रहेको छ,धर्म ग्रन्थ अनुरुप जनै पुर्णीमाको दिन दिदीबैनीहरुले दाज्युभाइहरुलाई गुरुहरु बाट मन्त्रिएर जनै हातमा दिदै ल्याएको काचो धागो रक्षाको रुपमा

हातमा नारीमा बांध्ने गरिन्छ,यो राखी सूत्र दाजुभाइद्वारा दिदीबैनीहरुको हर जटिल तथा विपरीत परिस्थितीहरुमा रक्षा गर्ने एक प्रतिज्ञा कवजको रुपमा लिइन्छ,पौराणीक कथा अनुसार दैत्य र देवताहरुको युद्धमा ईन्द्र देव जव आसुरी शक्तीबाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तव उनकी पत्नी ईन्द्रायणीले ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक काचो धागो शक्तिको प्रतिक सूत्र बांधेकी थिईन,फलस्वरुप ईन्द्रले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पती प्राप्त गर्न सफल भएको कुरा पनि धर्म ग्रन्थहरुमा लेखिएको छ त्यो आज पनि पढ्न र गुरुहरु बाट कथामा सुन्दै आएका छौ,यो महान पवित्र पर्वले पति र पत्नीलाई पवित्रतारुपी श्रेष्ठ गुण सूत्रमा बांधेर गृहस्थ जीवनमा सफलता र ऐश्वर्य दिलाउन समर्थ पनि सफल भएको छ|

प्रकाशित मिति August 15, 2019
Loading...