अमेरिकी दूतावासले सन्दीपलाई दिए भिसा ! सारा नेपाली खुसि सेयर गरौ !

काठमाडौं -:  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएको छ । सन्दीपलाई अमेरीकाको क्यारेबियन प्रिमियर लिग खेल्न लागिको भिसा दिएको हो ।

मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । तर दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा आफू आश्चर्यमा परेको भन्दै सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्विटरमा पोस्ट गरेका थिए ।

दूतावासले सन्दीपलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएका हुन् ।

प्रकाशित मिति August 13, 2019
Loading...