केशब कटुवाल, दुबई- झापामा जन्मिएका गीतकार तथा गजलकार दुर्गा प्रसाद कडरिया लामो समय देखि परदेशमा बस्दै नेपाली गीत संगीत लाइ प्रति माया दर्साउदै र तेस्को परदेशी भुमि बाट नै संरक्षण गर्दै आउनु भएको छ भने आज मात्र उहाको दोस्रो गजल भिडियो “कहाँ गएउ तिमि” सार्वजनिक भएको छ ।
उक्त गीतमा अहिलेका चर्चित गायक प्रमोद खरेलको आवाजमा सजिएको यस गीतको संगीत रमेश श्रेष्ठले गर्नु भएको छ र संगीत संयोजन बिनय केटुको रहेको छ भने शब्द दुर्गा प्रसाद कडरियाको रहेको छ। जसमा अहिलेकि चर्चित नायिका केकी अधिकारी लाई देख्न सकिन्छ भने उहा लाइ साथ रोहित, अनमोल र अश्मिता ले दिएका छन् ।उक्त भिडियोको छायांकन दिनेश राइले गर्नु भएको छ र भिडियोको सम्पादन बसन्त वाम्बुले राईले गर्नु भएको भने यस भिडियो को निर्देशन कैलाश रेग्मीले गर्नु भएको छ ।
यस गीतको बजार व्यवस्थापन बूढा सुब्बा डिजिटलले गरेको छ ।
बाँकि भिडियो मा हेर्नु होला
प्रकाशित मिति May 23, 2019