सेक्टम्बर ६ तारिक रुपन्देही सेवा समाजले हरितालिका तीज धमाका कार्यक्रम गर्दै ! हेर्नुहोस् उहाहरु सग गरिएको कुरा कानी

दि एबी प्रेजेन्ट नेपाल -:  “सेवा नै धर्म हो” भन्ने मूल नारा लिएर सामाजिक कार्य गर्ने उदेश्यले स्थापना भएको रूपन्देही सेवा समाज यूएई बिगत मा बिभिन्न सामाजिक कार्य गर्दै जस्तै जुमुहारी स्थित ४ घर परिवार लाई घर निर्माण सामग्री,बाड़ी पीड़ित लाई ६० बोरा सीमेन्ट र कर्कट पाता बितरण,गरीब परिवार लाई लाखोँ रुपिया आर्थिक सहयोग,मुसहर बस्ती निर्माणको लागि पत्रकार रबी लामीछाने लाई २ लाख २५हजार सहयोग र यूएई मा दुख पाएका नेपाली हरु लाई पनि सहयोग गर्दै आएको जानकारी माहासचिब राज भुसालले दिनु भयो।

सहोयग कै क्रममा आउदै गरेको नेपाली नारी हरु को महान चाड हरितालिका तीजको उपलक्ष्यमा बिगतका सालमा जस्तै यो बर्ष पनि सुस्त मनस्थिति भएका बालबालिकाको संरक्षणगर्दै आएको बिद्धया मंदिर को सहयोगार्थ,सहकार्य र सहभगिता गर्ने उद्देश्यले सेक्टम्बर ६ तारिक बुरदुबै को ऑस्ट्रीया होटल मा रहेको एवरेस्ट क्लबमा हरितालिका तीज धमाका कार्यक्रम आयोजना हुदै छ।

हरेक बर्ष जस्तै यो तीज पनि रमाइलो गर्न नाच र नचाऊन नेपाल बाट बहु चर्चित राष्ट्रिय कलाकार खुमन अधिकारी र जूना श्रीस मगर आउदै हुनुन्छ साथै युएइमा कार्यरत स्थानीय कलाकारहरु को पनि बेजोड़ प्रस्तुति रहने क़ुरा कार्यक्रम संयोजक माया पराजुलीले जानकारी गराउनु भयो।

कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल पार्न को लागि यूएई वासी सम्पूर्ण नेपाली आमा बुवा,दिदी बहिनी ,दाजु भाई तथा सामाजिक संघ सस्था सङगठन , समाजसेवी, पत्रकार ज्यु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको कुरा सस्थाका अध्यक्ष धर्म प्रसाद भट्टराई ले हामी लाइ जानकारी गराउनु भयो ।

रुपन्देही सेवा समाज र तीज धमाकाका बारेमा थप जान्ने हेतुले हामी ले यसै सस्थाका अध्यक्ष धर्म प्रसाद भट्टराई,कार्यक्रम संयोजक माया पराजुली र संस्थाका संरक्षक हरि प्रसाद चापागाईं सग गरिएको कुरा कानी -:

प्रकाशित मिति August 11, 2019
Loading...