नायिका नम्रताका प्रेमीले नै परपुरुष संग किस गर्न अनुमतिमा दिएपछि !

नेपाली सिनेमा क्षेत्रमा राम्रो अभिनय गर्ने सुन्दरी नायिकाको रुपमा नम्रता श्रेष्ठलाई लिईन्छ । कम फिल्म खेल्ने तर प्रभावकारी भूमिकामा काम गर्दै आईरहेकी नम्रता यतिबेला नेपाली सिनेमा क्षेत्रमा हंगो पारिश्रृमिक लिने नायिकाहरुको सूचिमा पर्छिन् । पछिल्लो पटक प्रसाद जस्तो हिट फिल्ममा काम गरेकी नम्रताको नयाँ फिल्म जाइरा पनि रिलिज हुने तयारीमा रहेको छ ।

जुन फिल्ममा उनी बक्सिङ खेलाडीको रुपमा देखिएकीछिन् । बद्ला लिने कथामा रहेको फिल्ममा नम्रता बोल्ड अनि पावरफुल क्यारेक्टरमा देखिएकीछिन् । केही दिन अघि मात्र फिल्मको टे«लर पनि सार्वजनिक भएको छ ।

जुन टे«लरमा नम्रताले किसिङ सीन पनि दिएको दृश्य समाबेश गरिएको छ । अनुपविक्रम शाहीसंग गरिएको उक्त दृश्य चिटिङ सट नभई वास्तविक भएको उनले बताएकीछिन् । एक अन्तरवार्ताको क्रममा उनले उक्त दृश्य एकै चोटी सुटिङको क्रममा थाहा भएको र निर्देशक आशुतोष राज श्रेष्ठलेले सम्झाएपछि काम गर्न सहज भएको बताईन् । उनले अनुपविक्रमसंग दिएको किसको दृश्य वान टेक मै ओके भएको पनि बताईन् ।

कथाको डिमाण्ड अनुसार नै उक्त दृश्य राखिएको नम्रता बताउँछिन । साथै उनले किसिङको दृश्य गर्नु अघि प्रेमी दावा स्टेभन शेर्पालाई फोन गरेर सुनाएको र प्रेमीले पनि राम्रोसंग गर्न तर जे पायो त्यही तरिकाले भने नगर्न भनेर अनुमति दिएपछि उक्त दृश्यका लागि आफु तयार भएको उनले बताईन् । फिल्ममा नम्रता र अनुपविक्रम श्रीमान श्रीमतीको भूमिकामा रहेका छन् ।

नम्रताले यही फिल्मका लागि आफनो कपालको समेत तिलाञ्जली दिएकी थिईन् । फिल्म भदौँ ६ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

प्रकाशित मिति August 10, 2019
Loading...