विषालु सर्पले डस्दा एकै परिवारका दुई दिदिबहिनीको मृ*त्यु !

२४ साउन, दाङ

शरद रेग्मी-: दाङमा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ । राजपुर गाउपालिका वडा नं. ७ भौवानाका निवासी शेर बहादुर सार्कीका दुई छोरीको विषालु सर्पको टोकाइका कारण बिहिबार मृत्यु भएको हो ।

शिवशक्ति माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका कक्षा ७ मा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले डसेर मृत्यु भएको विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले जानकारी दिए’ ।

भौगोलिक विकट्ता, बाटोको समस्या, सञ्चारविहिन र स्वास्थ्य सेवाको पहुँच नहुँदा उपचार नपाएर बालिकाको मृत्यु भएको उनले बताए । घरमा सुतेको बेला सर्पले डसेको हो’ ।

गएको वर्ष पनि सोहि विद्यालयमा अध्यनरत कक्षा ९ कि छात्राको पनि सर्पको टोकाइका कारण अस्पताल लैजादै गर्दा मृत्यु भएको भैसाही नाका निवासी अमृत खड्काले जानकारी दिए ‘।

प्रकाशित मिति August 9, 2019
Loading...