त्रिशुलीमा बस खस्यो, ३ जनाको मृ*त्यु !

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको मृत्यु भएको छ।

सर्लाहीबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४ ६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको तर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

अन्य १२ जना घम्भिर घाइते भएका छन् । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । अहिले उद्धारको काम भैहरेको छ ।

उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ र उद्दार कार्य जारी रहेको छ । थप क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति August 9, 2019
Loading...