सम्पत्ती हत्याउन यति सम्म, (लिङ्ग) बाट पिसाब थैलीमा डेढ मिटर लामो बिजुलीको तार घुसाइयो !

चितवन/मकवनपुर -: सुन्दै अचम्म लाग्ने तर वास्तविकता मानिसको पिसाब थैलीमा करीब डेढ मिटर लामो विजुलीको तार भेटियो भन्ने सुन्दा एक पटक पत्याउन पनि मुस्किल हुन्छ ।

तर, अचम्म लाग्ने घटना मकवानपुरमा भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा न ४ छत्तिवन जुरेलीका ५० वर्षीय कान नसुन्ने र बोल्न नसक्ने कृष्णबहादुर फुयाँलको पिसाब थैलीमा १ सय बीस सेन्टिमिटर लामो विजुलीको तामाको तार भेटिएको छ ।

बोल्न र कान सुन्न नसक्ने फुयाँल विगत १० महिनादेखि लगातार बिरामी परेका थिए । करीब २ महिना अघि परिवारका सदस्यले उपचारका लागि हेटौंडा जिल्ला अस्पताल लगेका थिए । अस्पतालले उनलाई पिसाब थैलीमा पत्थरी रहेको भन्दै अप्रेशन गर्नुपर्ने भन्दै तत्काल औषधि सेवन गर्न लगाइयो । तर, करीब एक महिनासम्ममा पनि औषधिले बीसको उन्नाइस भएन, बरु अचानक पिसाब आउनै बन्द भयो ।

केही दिन अघि मात्रै उनलाई चितवन भरतपुरको शान्ति अस्पतालमा लगेपछि बिरामी फुयाँलको पिसाब थैलीमा बिजुलीको तार रहेको पत्ता लाग्यो । डाक्टरको सल्लाह अनुसार तुरुन्तै अप्रेशन गरियो र उनको पिसाब थैलीबाट १ मिटर २० सेन्टिमिटर लामो विजुलीको तार निकालिएको छ । डाक्टरका अनुसार विजुलीको तार खानपान वा अन्य कारणले नभई बाहिरबाट पसाइएको हुनसक्ने बताएका छन् ।

अस्पतालको शैयाबाट उनले न्युज २४ टेलिभिजनलाई करीब १० महिना अघि नाकमा फुली लगाउने महिलाको समूहले आफूलाई बेहोस् बनाएको र केही थाहा नभएको इशारा मार्फत बताएका छन् । फुयाँललाई १० महिना अघि बेहोस बनाएर उनको गोप्य अङ्ग (लिङ्ग) बाट सो बिजुलीको तार पसाइएको शंका गरिएको छ ।

फुयाँलका भिनाजु राधेश्याम गजुरेलले भने कोही व्यक्तिले फुयाँलको नाममा भएको सम्पत्ती हत्याउन यस्तो गरेको हुन सक्ने आशंका गरेका छन् । बिरामीका आफन्तले यो बिषयमा प्रहरी प्रशासनबाट छानबिन गरी दोषी उपर काबवाही गर्नुपर्ने माग गरेका छन् । अस्पतालमा नै रहेका फुयाँल अप्रेशनपछि अहिले सामान्य हुँदै गएका छन् ।

 

प्रकाशित मिति August 8, 2019
Loading...