चकनाचुर पारिदियो सपना सबै, ग्रान्डीले स्वास्थ्य मन्त्रालय र काउन्सिल लाचार !

काठमाडौँ, २३ साउन-:  कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा १ तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा। पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो ।

डा। पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उहाँहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् हुनुभएको थियो ।

व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदैआउनुभएको थियो । तर त्यस्तो खुशी छाएको ९ महिना पनि नबित्दै कहिल्यै नमेटी पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाउनुभएन उहाँहरूले ।

यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्राण्डीको एनआइसियू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदै सम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको ।

दोर्जे भावुक हुँदै भन्नुहुन्छ–जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुप¥यो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।

यो समाचार आजको नेपाल समाचारमा छ ।

प्रकाशित मिति August 8, 2019
Loading...