भोली श्रावण २३ बिहीबारको  राशिफल पढ्नुहोस् ! यस्तो छ तपाइको भाग्य अनि ॐ लेखि एक सेयर गर्नु होस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ मेजमानीको अनुकूलता प्राप्त हुनेछ दाम्पत्यसम्बन्ध सुखद रहनेछ

प्रेमको बन्धनमा बाँधिने बेला छ परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ शारीरिक प्रतिस्पर्धा र तर्क विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ यात्रा लाभप्रद बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पठनपाठनमा ध्यान दिनु बेस हुनेछ ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ बन्दव्यापारबाट लाभ मिल्नेछ इष्टमित्रले प्रशंसा गर्नेछन् मायाप्रेमको वातावरण बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ

दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छभाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ बन्दव्यापार राम्रो छ आर्थिक लगानी बढाउन अनुकूल छ नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ

प्रशंसकहरू बढ्ेछन् सहयोगीहरूले काममा साथ दिनेछन् राम्रै फाइदाको योग छ विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ रोकिएका काम सम्पादन हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)नयाँ कामको लागि नयाँ अवसर आउनेछ निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ

घरपरिवारमा राम्रो छ बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ प्रतिष्ठित काम गर्ने मौका छ आत्म–विश्वास बढ्नेछ विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछपारिवारिक जमघटमा मन रमाउनेछ मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ स्वादिष्ट भोजनको आनन्द समेत पाइएला बन्दव्यापारबाट लाभ मिल्नेछ फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)यात्राको योग छ यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ

कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ बन्दव्यापारमा बेफाइदा छैन आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला

घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ नवीन रोजगारीको सम्भावना छ प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ

धैर्यधारण गरी परिश्रम गर्ने दिन हो मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ बन्दव्यापार फस्टाउने छ आम्दानीमा कमी हुने छैन

सानो प्रयासले रोकिएको काम बन्नेछ पारमार्थिक काममा खट्नु पर्ने समय छ धार्मिकसामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ

साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।

प्रकाशित मिति August 7, 2019
Loading...