को हुन् ती  महिला जसको कारण पुडासैनीले आ*त्मह*त्या गर्नु पर्यो ? हेर्नु होस् पुरा बिवरण

चितवन -:  पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु आ*त्मह*त्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृ*त्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आ*त्मह*त्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।

उनका अनुसार निज पुडासैनीको साथबाट डि*प्रेशनको औष*धिसमेत फेला परेको छ । विगत केही समययता उनले औष*धिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृत*कका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आ*त्मह*त्या गर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमा म*र्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि ह*त्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आ*त्मह*त्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले श*व बुझेर काठमाडौँ लगेको उनले बताए । आज अ*न्त्येष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृ*तकका दाजुसमेत पर्ने पुडासैनीले बताए ।

घ*टनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए । पुडासैनीको श*व राति काठमाडौँ लगिएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झु*न्डिएको अवस्थामा मृ*त भेटिएका थिए । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए । यो समाचार हिमाल पोष्टवाट लिइएको हो ‘।

प्रकाशित मिति August 7, 2019
Loading...