“कार्टुन क्रु”को यो नयाँ गीत “मायालु तिमि कता छौ” अपलोड हुनासाथ भाईरल !  भिडियो सहित

यसपाली माया पिरतीको भाकामा सरोज अधिकारी र स्मीता दाहालले जोडी बाँधेका छन् । गीतको बोल छ, मायालु तिमी कता छौं । कार्टुन्ज क्रुको यो भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन्’ ।

चर्चित नृत्य समूह कार्टुन क्रुका मूख्य सदस्य हुन्, सरोज अधिकारी । स्मीता दहाल भने पुष्पकमल दहालकी नातिनी हुन् । सानै उमेरदेखि गायनमा होमिएकी स्मीता पछिल्लो समय गीत संगीतमा अरु सक्रिय भएकी छिन् ।

गीतमा स्मीता र राजनराज सिवाकोटीले स्वर दिएका छन् । राजनराजकै संगीत रहेको गीतलाई दिनेश थपलियाले लेखेका हुन् । उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् ‘।

गीतलाई कृतिम सेटमा छायांकन गरिएको छ । वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाईएको छ । म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् ।

राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।

हेर्नुहोस भिडियो-: 

प्रकाशित मिति August 6, 2019
Loading...