चामलमा पनि प्लास्टिक मि.सा.वट भेटे पछि नेपालमा भारतिय चामल बिक्रि रोक ! सेयर गरौ सरकारको राम्रो काम लाइ

गोरखा -:  गोरखामा भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो । त्यस ब्राण्डको चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।

गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शंका लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गर्नुभएको थियो । ‘बिहान खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो उहाँले भन्नुभयो युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापाले पनि चामलको गुणस्तरबारे शंका गर्ने आधार भेटिएको बताउनुभयो ।यो चामल नै हो कि होइन भनेर शंका गर्ने ठाउँ छ उहाँले भन्नुभयो,अहिलेलाई चामलजस्तै देखिने सेतो पदार्थ भनेर बुझ्दा उपयुक्त होला ।

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको छ । संकलित नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाइएको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले बताउनुभयो ।प्लास्टिकको चामल हो भनेर ठोकुवा गरिहाल्ने अवस्था त छैन, उहाँले भन्नुभयो, तर शंका गर्नुपर्ने केही आधार देखिएको छ, परीक्षणपछि थप कुरा आउला ।

भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामल गोरखामा भने चितवनको नारायणगढबाट ल्याइएको बिक्रेताहरुले बताएका छन् । प्रयोगशाला परीक्षणको रिपोर्ट नआउँदासम्म बिक्री नगर्न भनिएको प्रशासनले जनाएको छ ।प्रतिवेदनले चामल प्लास्टिककै हो भन्ने पुष्टि भएमा आयातमा रोक लगाउनेलगायतका कारबाही हुने प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।

प्रकाशित मिति August 6, 2019
Loading...