नेपालमा रद्ध भएको नागरिकता भारतमा चर्चाको विषय बन्दै !

काठमाडौँ-: नेपाल सरकारले ८ जना भारतीयले नक्कली कागजातको आधारमा बनाएको नेपाली नागरिकता रद्ध गरेको प्रसंगले सोमबारका भारतीय सञ्चार माध्यममा चर्चा पाएको छ ।

मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धी निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार जानकारी गराएका थिए ।

सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले बनाएको समाचारमा यसरी नागरिकता रद्ध गरिनेमा अशोक साह, बिन्दे महतो, राजेन्द्र महतो, दानादेवी महतो, सुशील महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो भएको जनाइएको छ । पीटीआईले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राकेश मिश्रसँग सो विषयमा कुराकानी पनि गरेको छ ।

मननै रुवाउने नेपाली लघु चलचित्र माहान मेरो आमा हेर्नुहोस्-: 

 

प्रकाशित मिति August 5, 2019
Loading...