साउदी अरबकाे रियाद सुलई एरियामा १३ नेपालि अलपत्र,सहयोगको अपेक्षा  हेर्नुहोस ( भिडियो सहित )

साउदि अरवमा आकर्षक राेजगारीको बिज्ञापन गरि अपरेटर, कुक, कार्पेन्टर, वेटर, आदिकाे डिमान्ड आएकाे छ भनी झुक्काई जालसाजी गरी जनहि एक लाख पैतिस हजार (१,३५,००० रुपैयाँ) नगद असुल गरि यहि मिति जुन 13 तारिख 2019 मा काठमाडौ बसुुन्धुरा चौक स्थित Honesty Oveseas नाम गरेकाे मेनवारले कम्पनीले ठगि गरि साउदिकाे सिटिजन जनरल कन्ट्रक्सन नाम गरेकाे कम्पनीकाे भिषा देखाई तेह्र जना नेपालीहरु लाई साउदि पुर्याएकाे रहेछ।

गाेर्खा स्थायी ठेगाना भएका र आफुलाई एनआरएनकाे सदस्य बताउने अजित खान नाम गरेका एजेन्टले साउदिकाे जेद्दा र जिजान एरियामा केही दिन राखि हाल अहिले रियादकाे सुलई एक्जिट १६ नम्बरमा अलपत्र पारेका छन्। निज एजेन्टले बेला बेला ती तेह्र जना नेपालीहरु बसेकाे स्थानमा अाई टिकट काटेर नेपाल जाअौ भनेर धक्काउने गरेकाे पनि पिडित तेह्र जना नेपालीहरु ले बताए।

निज तेह्र जना नेपालीहरु लाई कम्पनीले कुनै काम नदिएकाे, खाना पनि नदिएकाे र नगद पेश्कि समेत नदिई अलपत्र अबस्थामा परेकाे भन्ने साेसल मिडिया बाट थाहा पाए पछि नेपाली एकता समाजकाे अध्यक्ष खेमराज भट्ट, सचिव गनेश बस्नेत, काेषाध्यक्ष दिपेन मल्ल, सदस्यहरु नारायन थापा, सुनिल लामा, जीवन ढुङ्गाना, बिरेन गुरुङ, संचारकर्मि खगेन्द्र बराल र लाल श्रीपालीको संयुक्त टाेलिले निज तेह्रजना नेपाली कामदारहरु लाई भेट गरि सहयोगी नेपाली एकता समाजकाे तर्फबाट 500 रियाल खाना खर्च बापत सहयोग गरिएकाे छ।

यसरी खाडिकाे मरुभूमिमा अलपत्र पार्ने हनेस्टि अाेभरसिज प्राली नाम गरेकाे मानव तस्करलाई कडा भन्दा कडा सजाय हुनै पर्छ। पिडित कामदारहरुले उचित क्षेतीपुर्ती पाउनु पर्छ। घटनाकाे सम्पुर्ण बिवरन सहयोगी नेपाली एकता समाजले साउदि रियाद स्थित नेपाली राजदुताबासमा सम्पर्क गरि महामहिम राजदुत ज्युलाई जानकारी गराएकाे छ। राजदुत ज्युले एथाशिघ्र एक्सन लिने पनि वचन दिनु भएको छ।

सहयोगी नेपाली एकता समाजले यश साउदि अरवमा कार्यरत विभिन्न सघ संस्थाहरु लाई पनि निज तेह्रजना नेपालीहरु लाई सहयाेग गरि दिनु हुन भनी अनुराेध पनि गर्दछ। पिडित तेह्र जना कामदारहरु मध्ये दुई जना शीत मात्र माेबाइल भएको हुदा उहाँ हरुकाे माेबाईल नम्बर यसै फाेटाेहरुमा पाेष्ट गरिएको पनि छ।

गनेश कुमार बस्नेत
सचिव, सहयोगी नेपाली एकता समाज, रियाद

पूरा भिडियो हेर्नुस् -: 

प्रकाशित मिति August 5, 2019
Loading...