जनताको त्यागलाई सम्मान गर्नुपर्छ – प्रचण्ड

सिन्धुली -: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताउनु भएको छ । खैरनी घाट (सुनकोशी) पुलके उद्घाटन आइतबार गर्दे प्रचण्डले जनतालाई राहत दिलाउन र उनीहरूको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न यो व्यवस्थाले सक्नुपर्ने बताउनुभयो ।

‘नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचना निर्माण  रातारात गरिएका परिवर्तनका होइनन्, अध्यक्षले प्रचण्डले भन्नुभयो, यो नाटकीय ढंगले गरिएको परिवर्तन पनि होइन ।

यो व्यवस्था नेपाली जनताले राणाशाही विरोधी आन्दोलनदेखि २००७ साल, संविधान सभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम हो ।

७० वर्ष नेपाली जनताले जाति, क्षेत्र, लिंग, समुदाय सबैको वलिदान र संघर्षको कूल योगफलको रूपमा संविधान र संघीय संरचना रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति August 5, 2019
Loading...