नारायणगढबाट बागलुङ जाँदै गरेको बस दुर्घ*टना हुँदा १९ जना यात्रु घाइते !

चितवन -:  तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए।

अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भइरहेको छ। बसमा ३३ जना यात्रु सवार थिए। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति August 4, 2019
Loading...