भ्रमण छोट्याएर रातारात नेपाल फर्किदैँ प्रचण्ड!के भो तेस्तो

पारिवारिक भ्रमणका लागी एक साता लामो भ्रमणका लागी ३ दिन अघि दुवई पुगेका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भ्रमण छोट्याएर रातारात काठमाडौँ फर्किने भएका छन् । प्रचण्ड आजै राती १२ बजे काठमाडौ आइपुग्ने समाचार प्राप्त भएको छ ।

प्रचण्ड एकाएक भ्रमण छोट्याएर किन नेपाल फर्किन लागे भन्ने अर्थपुर्ण रहेको छ । यस सम्बन्धी कुनै जानकारी प्राप्त भएको छैन्न ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आजै राती स्वास्थ्य उपचारका लागी सिंगापुर जाँदैछन् । दुवै अध्यक्ष एक साथ बाहिर जान लागेको बेलामा एकाएक प्रचण्डको नेपाल फिर्तीले विभिन्न आ*शंका पनि पैदा भएको छ । हिजो मात्रै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले रह*स्यमय रुपमा पूर्वराजालाई भेटेपछि नेपाली राजनितिमा तरग गएको छ ।

त्यस्तै
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर प्रस्थान गर्ने भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली अहिले ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीले करिब १ साता स्वास्थ्य परीक्षण गर्नेछन् । उनको के–के परीक्षण गरिँदैछ भन्नेबारे केही खुलाइएको छैन ।’

प्रधानमन्त्री ओलीले सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसयता उनले दिल्ली र थाइल्यान्ड पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेका छन्’ ।

यद्यपि, प्रधानमन्त्री भएपछि भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन् । यसअघि स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उनले उपचार गराएका थिए ‘।

प्रकाशित मिति August 3, 2019
Loading...