सालको पातको टपरी पछि अर्को  बसन्त थापाको  “चौतारीको बर” साथमा बिक्रम परियार र रामजी खाण हेर्नु होस् भिडियो !

दुबई-: लोक संगित क्षेत्रमा प्रतिस्प्रधत्मक परिक्षा चलिरहेको समयमा उत्रिण संख्याको प्रतिफल जुन आकारको भएता पनि परिक्षाथिहरुको घुइँचो भने ठुलो आयतनमा पाईन्छ| एक पछि अर्को क्रमबद्द रुपमा सार्बजनिक गरिएका लोक गीतले फरक फरक किसिमको धार बोकेता पनि कलाकारहरुको गुणस्तरिय क्षमता र प्रतिभाको मापन भने पक्कै देखिएको छ| प्रतिभाशाली गायक गायिकाहरुको सांगेतिक माध्यम जे जस्तो र जुन भए पनि उचित प्रतिभाशाली र क्षमावान् कलाकारहरुको कदर र सम्मानमा कुनै कमि पाईदैन| पछिल्लो समयलाई पारदर्शी दृष्टिकोणबाट मुल्यांकन गर्नु पर्दा लोकगीत क्षेत्रमा अत्यधिक सबल देखिएका छन नबकलाकार बिक्रम परियार| अत्यन्त मिजास र अनुशासित आचरण भएका बिक्रम एक प्रतिभावान् र क्षमावान् ब्यक्ति हुन| उनको मिठास आवाजका पारखिहरुको भिड पनि उत्तिकै छ्न यतिबेला| ईमेज लोक दोहोरी बाट लोक संगितमा पाईला टेकेका उनले लगभग दर्जन गित गायिसकेका छ्न|

उनै लोकप्रिय गायक तथा मोडल बिक्रम परियार र सुमित्रा तामाङको सयुक्त आवाजमा निकैनै उत्कृष्ट गीत “चौतारिको बर” बोलको नयां कोसेलि चर्चित संगितकार बसन्त थापाको युटुब च्यानल द्वारा सार्बजनिक भएको छ| उनै चर्चित संगितकार बसन्त थापाको बेजोड संगित रहेको उक्त सृजनामा प्रख्यात सर्जक नकुल ढकालको उत्कृष्ट सब्द रहेको छ भने चर्चित संगित संयोजक आसिष अबिरलको संगित संयोजन रहेको छ| निर्देशक मौसम हिमालिको निर्देशनमा तयार पारिएको भिडियोमा बहुचर्चित गायक तथा मोडल रामजि खाण, सम्पदा बानियां र बसन्त थापाले मुख्य भुमिका निर्बाह गरेका छ्न| बिपि फिलिम्सको ब्यानरमा बजार ब्यबस्थापन गरिएको “चौतारिको बर” ले कत्तिको बजार तताउछ र आम दर्सकको रुचाईमा कस्तो प्रभाब पार्छ त्यो भने हेर्नै बाकि छ|

प्रकाशित मिति May 22, 2019
Loading...