सारा नेपालीलाइ खुसिको खबर !!! नेपालको पानी कतार लैजाने पक्का, रसुवामा सुरु भयो उत्पादन!

काठमाडौं नेपालको पानी खाडी मुलुक निर्यात हुने भएको छ ।

रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाको हिमालय क्षेत्रबाट बगेर आउने पानी खाडी सप्लाई गर्ने भएको हो । उक्त कम्पनीको खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले शुक्रबार उदघाटन गरिन् ।

कार्यक्रममा मन्त्री मगरले नेपालका खोला र पखामा त्यसै बगेर गइरहेको पानी विश्व बजारमा निर्यात गरेर धेरै पैसा भित्र्याउन सकिने बताइन् । त्यसका लागि काम गर्न उनले निजी क्षेत्रलाई आग्रहसमेत गरिन् । सरकारले उक्त काममा सहयोग गर्ने प्रतिबद्धता पनि मगरले जनाइन् ।

कम्पनीका अध्यक्ष गणेश भण्डारीले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड गाउँपालिका ६ मा प्लान्ट स्थापना गरेर पानी उत्पादनको काम सुरु गरिसकेको जानकारी दिए ।

उनले अत्याधुनिक जर्मन प्रविधिबाट अटोमेटेड बोटलिङ गरेर पानी भर्ने काम भइरहेको बताए । कम्पनीको क्षमता दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार स्प्रीङ वाटर उत्पादन गर्ने छ । भण्डारीले आगामी मंसिर महिनाबाट पानी खाडी निर्यातको काम थालिने जनाए

प्रकाशित मिति August 2, 2019
Loading...