नारायण रायमाझीको यथार्थ परक र मौलिक तीज गीत सार्वजनिक !भिडियो सहित

अहिले सम्मको यथार्थ परक र मौलिक तीज गीत सार्वजनिक -: जसमा समाजको यथार्थ कथा बस्तु लाइ टपकै टिपेर भिडियोमा निकै राम्रो सग देखाइएको छ ।

केशब कटुवाल दुबई- नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर नेपाली सांगीतिक बजारमा दर्जनौ तीजका गीत दिनानु दिन सार्वजनिक हुने गरेका छन् । गीतको शंख्या बढे सगै तीज गीतमा नि बिकृति आउन थालेको होकि भन्ने जनमानसमा गुनासो बधाई गएको छ किन कि आज भोलि मौलिक सब्द संगीत भएका गीतहरु कमि नै आउन थालेको छन् तेसो त नेपाली संगीत जगत ब्यबसाहिक बन्न पनि जरुरत छ ।

आज मात्र बजारमा आएको तीज गीत “हे मेरी आमा” ले भने नेपाली मौलिक सस्कृतिलाइ जगर्ने गरेको छ । ख्याति प्राप्त गायक तथा संगीतकार नारायण रायमाझीको लय संगीतमा , रमेश बिजीको शब्द रचनामा चर्चित गायिका देवी घर्ति मगरको मर्म स्पर्सि आवाजमा सजिएको “हे मेरी आमा” को संगित संयोजन बि।बि। अनुरागीले गर्नु भएको छ ।

यस भिडियोको छायांकन, सम्पादन मिराज अर्यालले गर्नु भएको हो र भिडियोको परिकल्पना/निर्देशन नारायण रायमाझीको रहेको छ भने उहा लाई देबेन्द्र बब्लुले साथ दिनु भएको छ । भिडियोमा कलाकारहरु कलाकारहरु अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के।सी। मट्टारे,अप्सरा अधिकारी,देबेन्द्र बब्लु,हरि अधिकारी,बिन्दु खड्का,सुमित्रा तामाड्ड,एलीना ठकुरी,सरु राई,सोनीका गज्मेर,बिपना के।सी।
र सन्देश रायमाझीको मन छुने अभिनय हेर्न पाहिन्छ !

बाँकि भिडियोमा हेर्नु होला –

प्रकाशित मिति August 2, 2019
Loading...