साबधान : मोरङमा चार्जमा राखेर मोवाइलमा गेम खेल्दा करेन्ट लागेर बालकको मृ*त्यु !

र्जमा राखेको मोवाइलमा गेम खेल्ने क्रममा एक बालकको मृ*त्यु भएको छ । चार्जमा राखेको मोवाइलवाट करेन्ट लागेर बालकको मृ*त्यु भएको हो । मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको मृ*त्यु भएको हो । उनले राति सवा १ बजेतिर चार्जमा राखेको मोवाइल चलाउँदै गेम खेलेका थिए ।

चार्जमा राखेको मोवाइलवाट करेन्ट लागेर राईको मृ*त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए ।साथीको घरमा सुत्न गएका राई साथीसंग एउटा खाटमा सुतेका थिए ‘।

उनका साथी सुरजले करेन्ट लागेर राई छटपटाउन थालेपछि परिवारका सदस्यलाई बोलाएका थिए । चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ’। फाइल तस्बिर|

प्रकाशित मिति August 1, 2019
Loading...