चर्चामा मोडल अन्जली अधिकारीमा पनि यस्तो घमण्ड देखा पर्न थालेको बुझाइ, भनिन्छ उधोगतिको बाटो त हैन ?

चर्चामा मोडल अन्जली अधिकारीमा पनि यस्तो घमण्ड देखा पर्न थालेको बुझाइ, भनिन्छ उधोगतिको बाटो त हैन ? विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो ।

चलचित्रका अभिनेता–अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक–नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू बताउँछन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ ।

अभिनयमा उत्कृष्ट अन्जलीलाई यही घमन्डले सिध्याउने त होइन ? कतिपय संगीतकर्मीको आशंका छ । एक स्रोतका अनुसार अन्जलीको व्यवहारकै कारण केही कोरियोग्राफर, सिनेम्याटोग्राफर तथा सर्जकसँग उनको सम्बन्ध चिसिएको छ । चर्चामा जो पनि आउँछन्, तर त्यसलाई यथावत् राख्न सक्नु कलाकारको विशेषता हो ।

सैले अन्जलीले समयमै सचेत हुने हो कि ? उनै अञ्जलीको पछिल्लो भिडियो गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमको शब्दमा एनके ब्रदरर्सको संगीत रहेको गीतको पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय गरेकी छन् ।

बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जली यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन् ।

प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन् । सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन् । गीत सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए । यसअघि गलबन्दी बोलको गीतमा अञ्जली लजालु युवतीको भूमिकामा निकै जमेकी थिइन् ।

प्रकाशित मिति August 1, 2019
Loading...