देश हाँकिरहनु भएका दुवै पाइलट उपचार गराउन समुद्री टापु जानु भन्दा नेपालमै अस्पताल बनाउन सकिन्न – डा. बाबुराम भट्टराई

काठमाडौँ -:  समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा सुविधा सम्पन्न अस्पताल बनाएर सबैले स्वदेशमै उपचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल “प्रचण्ड” र केपी शर्मा ओलीलाई लक्षित गरि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अरबौं रूपियाँको लागतमा भ्यूटावर निर्माण गर्नुको सट्टा सुविधा सम्पन्न अस्पताल अस्पताल बनाएर स्वदेशमै उपचार गर्न सुझाव दिएका हुन् ।

नेकपाका अध्यक्ष प्रचण्ड, पत्नी र छोरी सहित मंगलबार संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेको र प्रधान मन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने चर्चा चलेपछि भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन् । उनले बुधबार सामाजिक सञ्जाल (ट्वीटर) मा लेखेका छन् |

देश हाँकिरहनु भएका दुवैजना पाइलटहरू स्वास्थ्योपचार र आरामका निम्ति सपरिवार विदेशको समुद्री टापु र मरूभूमि जानलाग्नु भएछ!वहाँहरूको स्वास्थ्यलाभ र शुभ आराम होस् ! तर संसारकै प्राकृतिक रूपले सुन्दर नेपालमै अरबौं रूपियाँको भ्यूटावरको सट्टा सुविधा सम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न?

प्रकाशित मिति August 1, 2019
Loading...