बाबुरामले भने ‘नेकपा कम्बल ओढेर घीउ खाने पार्टी हो!भिडियो सहित

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीको संज्ञा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सत्तारुढ दल नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीको संज्ञा दिएका हुन्। नेकपालाई डबल’ को संज्ञा दिँदै सर्वहारा पार्टी भन्नै नसकिने तर्क गरेका छन्।


‘नेकपा डबलले आफूलाई ‘सर्वहारा श्रमिकवर्गको पार्टी’ भन्नु ‘जुन गोरूको सिंग छैन उसको नाउँ तीखे’ भनेजस्तै हो’ बाबुरामले ट्वीटमा भनेका छन्, बरू उसले आफुलाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी भन्नुपथ्र्यो|

उनले नेकपालाई ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टीको पनि संज्ञा दिएका छन्। ’नेकपा ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ट धन्धा गर्ने पार्टी हो’, उनले भनेका छन्, ’राज्यसत्ताको दोहन गरेर आसेपासे पोस्ने ’क्रोनी’ पूँजीवादी पार्टी हो।

 

 

प्रकाशित मिति July 30, 2019
Loading...