अस्ट्रियाको  इतिहासमा  पहिलो  पल्ट  नेपाली  गीतको  भिडियो शूटिंग !

दि एबी प्रेजेन्ट नेपाल – नेपाली हरु संसारको जुन सुक्कै ठाउँ मा पुगेपनि नेपाली भाषा कला संस्कृति लाई कहिले भुल्न सक्दैनन् ।नेपाल बाहिर समेत नेपाली गीत रेकर्ड हुने तथा म्यूजिक भिडियो निर्माण हुने गरेको छ ।

नेपाली को बाक्लो उपस्थिति रहेका देश हरु यूएई ,कतार , मलेसिया ,जापान ,कोरिया ,ऑस्ट्रेलिया ,बेलायत तथा अमेरिका मा थुप्रै नेपाली म्युजिक भिडियो हरु निर्माण हुने गरेका छन् ।

मध्य युरोप मा पर्ने रास्ट्र अस्ट्रियामा भने पहिलो पल्ट नेपाली गीतको म्यूजिक भिडियो निर्माण हुन् लागेको छ ।नेपाल र यूएई मा रहदा थुप्रै म्यूजिक भिडियो मा अभिनय गरिसकेकी स्यान्डी भण्डारीको पहलमा नेपाली कला संस्कृति जोगाउन अस्ट्रिया मा समेत नेपाली तीज गीतको शूटिंग गरिएको छ ।गायीका बिना भट्टराईको आवाजमा रहेको गीतलाई चर्चीत म्यूजिक भिडियो निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् ।स्वामी ज्यू २ नामक गीतको भिडियोलाई कृष्ण थापाले खिचेका हुन् भने विकाश धमला ले सम्पादन गरेका हुन् । भिडियो चाडै आउने हामी लाई जानकारी गराउनु भयो ।

अहिले यो पनि हेर्नु होला दुबईको शूटिंग  रिपोर्ट –

प्रकाशित मिति July 29, 2019
Loading...