युएई बाट बुद्धशान्तीका युवाहरुले  दुवै मृग्रौला पिडीत  मनिषा मगरलाइ सहयोग !मृगौला ट्रान्सप्लान्टको लागि रकम अपुग !

दि एबी प्रेजेन्ट नेपाल -: मनिसा मगर बचाऔ सहयोग समिती युएईले झापा जिल्ला बुद्धशान्ती ४ बर्ने,जुनेली वस्ती निवासी २० वर्षीय मनिसा मगर दुवै मृग्रौला फेल भई हाल उपचार्थ रहेको र डक्टरको सल्लाह अनुसार २ वटा नै मृग्रौला खराव भएको छ जती सक्दो चाडो मृग्रौला फेर्नु पर्ने भएको हुदा सम्पुर्ण सहयोगी मनहरु लाई जती सक्दो सहयोग गरी दिन अनुरोध गर्नु भएको छ।

२० वर्षीय मनिसा मगर को दुवै मृगौलाले काम गर्न छाडेकोले र स्वस्थ्य अवस्था गम्भीर बन्दै गएको र मृगौला ट्रान्सप्लान्टको लागी ठुलो रकम आवस्यक परेको र निजको आर्थिक स्थिति कमजोर रहेकोले सम्पुर्ण सहयोगी हातहरुल्ई आर्थिक सहयोगको अपिल गर्दै बुद्दशान्ती गाउपालीका ४ वाट रोजगारीको सिलसिलामा युएई भरी छरिएर रहेको बुद्दशान्तीका सम्पुर्ण युवाहरु र झापाली समाज युएईको सदस्यहरु लगायत सम्पुर्ण सहयोगी हातहरु बाट मनिसा मगरको उपचारको लागी १ लाख ४८ हजार १ सय २५ रुपैया सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ।नव गायीका एलिसा तामाग र नरुसा घिसिगं लगायत स्थानियहरु र छरछिमेकीको साथमा बिरामी मनिसा मगरकी आमाको हातमा यो सहयोग रकम हस्तान्तरण गरीएको हो।

झापाली समाज युएईको सॉकृतिक बिभाग संयोजक तथा गायक पारस लामाको संयोजक मा यो सहयोग संकलन गरिएको हो।गायक पारस लामा को अगुवाईमा यो भन्दा पहिला पनि धेरै पिडीतहरु लाई सहयोग संकलन गरेर सहयोग गर्नु भएको थियो।सहयोग गर्नुहुने सबै सहयोगीहातहरुलाई सम्पुर्ण बुद्दशान्ती का युवाहरु र पिडीत परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद दिनुभएको छ।

यति मात्र रकम मनिषाको उपचारमा प्रयाप्त नभएकोले अझै पनि सहयोगी मनहरु जुटिदिनु हुने छ र उहाको जीवनलाइ अझै सुधारउन्मुख बनाइ हामी जस्तै स्वस्थ बनि परिवारमा रमाएको हेर्न चाहान्छौ!

संयोजक-पारस लामा-००९७१-५२९८९३७६१ दुबई
बिजय कुरुङ्गबाङ्ग रासलखेमा-००९७१-५६५७९२८७

प्रकाशित मिति July 29, 2019
Loading...