सैनामैना सेवा समाज युएइले अगस्ट १६ तारिक तीज बिशेस सांस्कृतिक कार्यक्रम  गर्दै !

केशब कटुवाल दुबई: – “बिदेशमा पहिचान ,समृद्ध सैनामैना हाम्रो अभियान” भन्ने मुल नाराका साथ यूएईमा अगाडी बडेको सैनामैना सेवा समाज यूएई ले आफ्नो सामाजिक सेवाको पहिचानलाई फराकिलो बनाउदै र बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। फेरी पनि विभिन्न क्षेत्रमा सहयोग गर्ने हेतुले र नेपालीहरुको कला संस्कृति को जगेर्ना गर्ने उदेश्यले परदेशमा पनि विभिन्न चाड पर्ब अनुसारको कार्यक्रमहरु गर्दै आएका छन् । सुश्री मन्जु थापाको संयोजनमा नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर यही आउदो अगस्ट १६ तारिक बरदुबई को एब्रेस्ट इंटरनेशनल होटलमा तीज बिशेस सांगीतिक कार्यक्रम हुन गैरहेको छ।

 

सांस्कृतिक कार्यक्रम उदघोसक सुर्य बोहरा र गीता तिवारीले गर्नू हुदै छ भने युएई मा रहेका ख्याती प्राप्त कलाकारहरु सुदिप गैरे, कृष्ण सुनार, तारा बि सि, निसान पाहाडी, सुरेन्द्र लामा, नरेन सापकोटा र नृत्य दिपिका गुरुङ्ग र लक्ष्मी भण्डारीको बेजोड़ प्रस्तुतिको साथै गाऊ घर कै झलको मेटाउने गरी नेपाली बाजा मादल हरु बाजाएर गीत गाऊने नाच्ने र नचाउने अनि रमाइलो गर्ने र नेपाली स्वस्दिस्ट खानाको पनि ब्यबस्था गरिएको जानकारी यसै सस्थाका महासचिब भट्टराई ले बताउनु भएको छ ।

कार्यक्रम लाई रोचक र मनोरञ्जनात्मक बनाउन बम्पर उपहार जसमा प्रथम पुरस्कार मोबाइल, दोस्रो घडी र तेस्रो आईरन ( पेरेस) र सान्तोना पुरस्कार मा 3 जाना लाई परफ्युम को समेत व्यवस्था गरिएको जानकारी कार्यक्रम संयोजक मन्जु थापाले जानकारी गराउनु भयो ।

कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल पार्न को लागि यूएई वासी सम्पूर्ण नेपाली आमा बुवा,दिदी बहिनी र दाजु भाई तथा सामाजिक संघ सस्था,सङगठन , समाजसेवी, पत्रकार ज्यु हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्द छौ भन्दै यस सस्थाका अध्यक्ष केशब ढकाल ले हामीलाइ जानकारी गराउनु भो ।

आउदै गरेको कार्यक्रमको बारेमा के भन्नु हुन्छ त? भिडियोमा हेरेउ -: 

प्रकाशित मिति July 29, 2019
Loading...