थाइराइडका बिरामीले खानै पर्ने खानेकुरा, सेयर गरेर अरूलाई पनि पढ्न दिनोस्!

थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ ।

तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ ।

१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ । २. दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ । ३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ । ६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड (थाइराइड हर्मोन वृद्धि हुनु) का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।

र यो पनि पढ्नुहोस्, हरेक दुस्खाइको रामबाण औषधि मेथी, यसरी गर्नुहोस् प्रयोग

हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ । हुन त, यो कुनै नराम्रो कुरा होइन । तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ ।

यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ (Fenugreek) पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो । यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन(सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diogenes) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine)जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

मेथी खानुका फाइदाहरू
मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्।

प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ ।

हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ ।

मेथी के-के कुराको लागि प्रयोग गर्न सकिन्छ ?
मेथीका अनगिन्ती फाइदाहरूको बारेमा त माथि नै उल्लेख गरिसक्यौँ। त्यसलगायत यसलाई घरेलु उपचारका विधिमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै|

प्रकाशित मिति July 28, 2019
Loading...