निर्णायक खेल : टस हारेर फिल्डिङ गर्दै नेपाल!प्राथना गर्दै एक सेयर गरौ नेपालले जित्छ

काठमाडौं  साउन -: सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले निर्णयक खेलमा सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

सिंगापुर र नेपालबीचको यस खेलको विजेता नै शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुनेछन् । पहिलो खेलमा कतारसँग ४ विकेट पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा कुवेतलाई ७ विकेटले हराएको थियो ।

यस खेलको विजेता टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा हुने विश्वस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।

प्रकाशित मिति July 28, 2019
Loading...