म त हलो जोतेर आको मान्छे केहि डर छैन तल झरुला भन्ने,  सरकारी जग्गा मिच्ने नेताकै घर भत्काउछु क्षतिपूर्ति हैन ५ लाख जरिवाना गर्छु (भिडियो)

काठमाडौं इटहरी-: १७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको आफ्नै घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले गत मगलबार आफ्नै घरमा डोजर चलाए ।

पत्रकारको नाकको डाडी भाँच्न बजेट छुट्याएको भनेर चर्चामा आएका मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएका उनले आफ्नै घर भत्काएर सार्वजनिक जग्गा मिच्ने कठोर कदम सुरुवात गरेका छन्।

यो संगै इटहरी उपमहानगरपालिका भित्रका सबै मिचिएका सबै सार्वजनिक जग्गामा डोजर चल्ने उद्घोष गरेका छन् । शनिबार सुनौलो नेपाल संग कुराकानी गर्दै मेयर चौधरीले इटहरी उपमहानगरपालिका भित्र मिचिएका सबै सार्वजनिक जग्गा फिर्ता गर्न अब सबै ठाउँमा डोजर चल्छ कसैको बिरोधले यो काम रोकिदैन जग्गा मिच्नेलाई कारबाही स्वरूप ५ लाख जरिवाना हुन्छ क्षतिपूर्ति कसैले नपाउने उद्घोष गरेका छन् ।

पर्खाल सडकमा परेकाले आफ्नै घरबाट सुशासन सुरु गरेको उनले बताए । सडक अतिक्रमण गरेर बनाइएका अन्य संरचना हटाएर शहरलाई व्यवस्थित गर्न सहयोगका लागि नगरवासीलाई आग्रह गरेका छन् ।

थप मेयर चौधरी संग गरेको यो कुराकानीमा भिडियो-: 

प्रकाशित मिति July 27, 2019
Loading...