हिन्दु धर्म कम्जोर बनाउन ब्राम्हणहरु नै जिम्मेवार : त्रि शक्ति शिद्धबाबा ।

त्रि शक्ति सिद्ध बाबाले साधुसन्त,मठाधिष,पिठाधिष,पण्डित,शंकराचार्य,जगत गुरु र धार्मिक अभियन्ताहरुकै कारण नेपालमा धार्मिक युद्धको खतरा रहेको बताउनु भएको छ ।

हिन्दु धर्मको रक्षा गर्ने जिम्मा लिएर बसेका ब्यक्तिहरुकै कारण हिन्दु धर्म कम्जोर भएको बताउनु भएको छ । धार्मिक सुद्धिकरण अभियान अन्तर्गत रत्नपार्कको शान्ती बाटिकामा भएको जागराण अभियानलाई सम्बोधन गर्दै उहाँले ब्राम्हणले गति छाडेकाले संस्कारमा आँच आउन लागेको बताउनु भयो ।

देव कार्य र पितृ कार्य गर्ने ब्रम्हण नै झुट्टा अभियन्ता कै कारण समाजमा गलत कार्य स्थापना भएको बताउनु भयो । ब्रम्हणको दक्षिण मुखि कार्यका कारण हाम्रो धर्म कम्जोर भएको भन्दै धार्मिक कार्य गर्दा ब्रम्हण छनौटमा ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

कलियुगमा सज्जन २५ प्रतिशत रहेको र झुट्टा काम गर्नेहरुको संख्या ७५ प्रतिशत भएको भन्दै फट्याँय गर्नेहरुको बाहुल्यता रहेको उहाँको भनाई थियो । धार्मिक शुद्धिकरण अभियान अन्तर्गत आगामी शुक्रवार गौशाला बनकालाी क्षेत्रमा जागरण अभियान सञ्चालन हुने त्रि शक्ति सिद्ध बाबा अध्यात्म केन्द्रले जनाएको छ ।

प्रकाशित मिति July 26, 2019
Loading...