अर्मान खान अभिनित ‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक!भिडियो सहित

केशब कटुवाल – कति हामी नेपाली देशमा केहि काम भएन भनेर परदेश लागि रहेका छौ भने कति नेपाली परदेशको बसाईमा केहि सिप या आफ्नो मनले चाहेको काममा डिउटी पछि निरन्तरता दिदै देशमा गएर केहि गर्ने जमर्को गरेको पाहिन्छ तेस्तै एक ब्याक्तित्व हुन् अर्मान जसले परदेशमा हुदा पनि आफ्नो काम पछि नेपाली कला संगीतलाइ आफु सगै नै बोकेर हिडेका थिए भने अहिले देश मा गएर नि निरन्तर रुपमा लागि परेका छ भने म्युजिक भिडियो सगै नेपाली रजतपटमा नि प्रवेश गरेका छन् फिल्म पायल बाट। आज उनले फ़िचरिङ्ग गरेको ‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा संगीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ । गीतमा सन्तोस प्रगाढको एरेन्ज रहेको छ ।गीतको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडीयोमा अभिनय भने ऋचा थापा ,अर्मान खान,भुपाल केसी फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन समाबेस रहेको छ ।

बाँकि भिडियो मा हेरौ –

प्रकाशित मिति July 26, 2019
Loading...