दीर्घरोगीलाई उपचार खर्च दिदै धर्मदेवी नगरपालिका!

संखुवासभाः धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ’ ।

न’गरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरिनेछ । साथै त्यस्ता प्रत्येक रोगीलाई नगरको बजेटबाट १५ हजारका दरले औषधि उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएसँगै १० जना रोगीले यस किसिमको सुविधा लिइसकेको जानकारी नगर प्रमुख रमेश जिमीले दिए ‘।

जिमीका अनुसार २२ जना बढी दीर्घ रोगीले यस किसिमको सुविधाका लागि निवेदेन दिइसकेका छन् । रोगीको पहिचान गर्दा सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको समेत उनले बताए ‘।

प्रकाशित मिति May 21, 2019
Loading...