चितवनमा धुर्मुस सुन्तलीले बनाउन लागेको रंगशालाको लागि एकैदिनमा उठ्यो ५७ लाख , उत्साहित भए ब्यापारी!

काठमाडौं, ९ साउन -:  राष्ट्रिय गौरवको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलनको काम सुरु भएको छ । रंगशालाको काम सुरु गर्न चितवन झरेका सिताराम कट्टेलले सो कुराको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत चितवनबाट उत्साहजनक आर्थिक सहयोग संकलन भैरहेको जनाएका छन् ।

दुई महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सोकवार देखि सूचारु गर्ने निर्णयसंगै अहिले धुर्मुस चितवनमा सकृय छन् । सोमबार विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति चितवनको संयुक्त बैठकले रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो । रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिएको छ ।

स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।दुई महिनाको अवधिमा भएका पटक–पटकका छलफल र संवादपछि धुर्मुस सुन्तली फाउण्डेशन रंगशाला निर्माणका लागि तयार भएको हो । रंगशाला निर्माणको काम र सहयोग संकलनको कामलाई एकसाथ अघि बढाउने बैठकले निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले सहयोग संकलनलाई अभियानको रुपमा संचालन सुरु गरिएको जानकारी दिए ।

त्यसका लागि जिल्लाका ७ बटै स्थानीय तहमा सहयोग समिति गठन गर्ने अभियान जारी रहेको धुर्मुसले जनाएका छन् । साथै सबै जिल्लामा आर्थिक संकलनको कामलाई पनि त्रीवता दिइएको छ ।

धुर्मुसका अनुसार उद्योग बाणिज्य संघ चितवनले पूर्वघोषणा गरेको एक करोड मध्ये ५५ लाख ५५ हजार ५ सय ५५ रुपैंयाँ आज एक कार्यक्रममा वीच धुर्मस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ । रकम बुझ्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानसहितका पदाधिकारी र सदस्य, जिल्लाभरका संघका साधारण सदस्य ज्यूहरुलाई हार्दिक आभार र धन्यवाद ब्यक्त गरेका छन् ।

साथैं, चितवन जिल्ला क्रिकेट संघले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको जानकारी उनले दिएका छन् । रोक्का सेनिटरी कम्पनीले रंगशाला निर्माणमा आवश्यक सामाग्रीहरु निशूल्क प्रदान गर्ने घोषणा गरेको जानकारी दिँदै धुर्मुसले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् यहाँहरु सबैको साथ, सहयोग र उत्साहले रंगशाला निर्माणले गति पाउने विश्वास निकै बलियो बनेको छ । आत्मबल बढाएको छ । देश विदेशमा रहनुभएका नेपालीहरुको साझा गौरवका रुपमा यसलाई निर्माण गरिनेछ |

प्रकाशित मिति July 25, 2019
Loading...