बसमा छुटेको २ लाख नगद फिर्ता ! झोला धनी निकै खुसि! सम्मान सोरुप एक सेयर गरौ !

पोखराको बाग्लुङ बसपार्क बाट पोखरा ३३ बागमारा तर्फ हिडेकी शान्ति पाध्या को ना ६ ख ८४१२ नं को यात्रु बाहक बसमा छुटेको नगद २ लाख सहितको झोला फिर्ता गरिएको छ ।

प्रहरी ले सवारी साधनलाई रोकी चेकजाँज गरी झोला फेला पारेर सम्बन्धित धनी शान्ति पाध्यालाई फिर्ता गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानका री दिए ।उक्त झोला प्राप्त गरेपछि शान्ति पाध्या निकै खुसि भएकी छन ।

लमजुङ बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए ।

सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट तल खसी मस्र्याङ्दी नदी छेउमै पुगेको जीपका धनी गुरुङको भनाइ छ ।

स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि करिब १ बजेतिर उक्त घटनास्थल तर्फ बेँसीसहरमा रहेको जिल्ला प्रहरी कार्यालय र उक्त गाउँपालिकामा रहेको बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो स्थान पुग्नलाई करिब एक घण्टा अझै लाग्ने भएको छ ।

प्रकाशित मिति July 25, 2019
Loading...