सुस्तामा भारतको कारण गाँउ डुबेपछि रिसको झोकमा स्थानीयले भत्काए गण्डक नहर !

काठमाडौं निरन्तरको बर्षापछि गाँउ नै डुबानमा परेपछि स्थानीयले गण्डक नहर भत्काईदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।

लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार बिहानै सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए ।बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनले बताए। कान्तिपुर दैनिकमा नारायण शर्माले समाचार लेखेका छन् ।

त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिँचाइका लागि लैजाने गरेको छ। त्यहाँको पानीले भारत उत्तर प्रदेश र बिहारका ३ लाख हेक्टरमा सिँचाइ हुन्छ।

प्रकाशित मिति July 25, 2019
Loading...