भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु!उनले  के के भनिन त ?

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ ।’

उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिएको र हाल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले वताए’ ।

घाइते सीताले स्थानीयवासीलाई बताए अनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । उनी बिक्षिप्त रहेको भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाई गरेका छन् । उनी आत्तिएको तथा डराएको अवस्थामा रहेको र शारीरिक रुपमा भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ‘।

प्रकाशित मिति May 21, 2019
Loading...