देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई सुदृढ गराउन विज्ञापन नीति आवश्यक – झलनाथ खनाल !

काठमाडौँ, साउन ७ –:  मंगलबार संसदको विकास तथा प्रविधी समितिको बैठकलाई सम्बोधन गर्दै नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई सुदृढ गराउन विज्ञापन नीति महत्त्वपूर्ण ‘विधेयकको रुपमा रहेको जानकारी दिए।

सोहि बैठकमा बोल्ने क्रममा, नेता खनालले देशको सार्वभौमसत्तालाई ध्यान दिँदै सरकारले बिधेयक ल्याएको समेत उल्लेख गरेका छन् ।

अहिले बजारमा करिब ३० अर्बको विज्ञापन तयार भइसकेको नेता खनालले बताएका छन् ।’ यसैक्रममा, उनले २०४६ सालपछि यो क्षेत्रमा व्यापकता आएको र २०६२/६३ सालको परिवर्तन पछि विज्ञापन बजारमा अझै विकसित हुँदै गएको बताएका छन् ‘।

यस सन्र्दभमा विज्ञापन नीतिलाई संविधानको भावना र राष्ट्रको विकासलाई ध्यान दिएर अघि बढाउनुपर्ने नेता खनालले बताएका छन्।खनालले भने, हामी राजनीतिक रुपले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न छौँ, ‘आर्थिक रुपमा हामी अझै धेरै नै परनिर्भर अवस्थामा छौँ । हामीले आर्थिक स्वतन्त्रतालाई स्थापित गरेर जानुपर्ने अवस्था रहेको छ ।

विज्ञापन नीतिका बारेमा विज्ञहरुको सुझाव लाभदायक भएको पनि बताउदै उनले ऐनहरु निर्माण गर्दा व्यवस्थित, परिमार्जित ढङ्गले गर्नुपर्ने दावी गरेका छन् ।उनले भने, ‘यो विधेयकमाथि राष्ट्रको नै चासो रहेको छ । प्रतिपक्षको पनि चासो छ । यसमा चासो राखेर यहाँ प्रतिपक्षी दलका नेता देखिनुभएको थियो । यसलाई हामीले राम्रो ढङ्गले परिष्कृत गरेर लैजानुपर्छ ।

यसलाई अझै गहिरिएर छलफल गरेर सबैसँग सर्वसहमति लिएर अघि बढ्नुपर्ने बताउदै नेता खनालले क्लिन फिडसँग सम्बन्धित दस्तावेज राम्रोसँग अध्ययन गर्न समितिलाई सुझाव दिएका छन् ।उनले सञ्चार नीति र राष्ट्रिय प्रशारण ऐन पनि विज्ञापन विधेयकसँग सम्बन्धित रहेकोले त्यसबारे अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए।

अर्को संर्दभमा सम्बोधन गर्दै नेता खनालले अरु देशले के गरेको छ भन्दा पनि नेपालले आफ्नै ढङ्गले पनि गर्न सक्छ, अरुले दुई पटक संविधान सभाको निर्वाचन गरेनन् तर हामीले गर्यौँ, हाम्रो देशको विशिष्ट खालको परिस्थितिलाई ध्यानमा राखेर हामीले यो कुरालाई अगाडि बढाउनु परेको जनाए।

यसैक्रममा, नेता खनालले विज्ञापनका आधारमा देशमा साँस्कृतिक अतिक्रमण भइरहेको बताउँदै त्यसबाट हामी मुक्त हुन नसकेको जनाए । उनले यसका लागि सक्रियता र पहलकदमी लिनुपर्ने बताउदै यो विधेयकलाई महत्वका साथ अघि बढाउन जोड दिए ।

नेता खनालले भने, मैले विज्ञहरुको कुरा सुनेपछि के निष्कर्ष निकालेँ भने यो विधेयक अत्यावश्यक विधेयकको रुपमा रहेको छ । हामीले हाम्रो मौलिक र बिशिष्ट आवश्यकता अनुसार यसलाई अघि बढाउनुपर्छ ।

प्रकाशित मिति July 23, 2019
Loading...