‘मुन्नी’को भूमिकामा देखिएकी प्रियना आचार्य आउनसाथ किन रोकियो भद्रगोल ?

साउन काठमाडौं-: नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण रोकिएपछि यसका शुभचिन्तकहरू निराश बनेका छन् । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् ‘।

‘एकदुमे’को भूमिकामा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश फेसबूकमा लेखेका छन् ‘।

‘नयाँ आर्थिक वर्षको शुरूवातसँगै भद्रगोल सर्जकहरू र मिडिया एजेन्सीबीचमा नयाँ सम्झौता गर्नुपर्ने भएको हुँदा नयाँ सम्झौता प्रक्रिया पूरा नहुञ्जेल केही हप्ता नयाँ भाग भद्रगोल प्रशारण हुन नसक्ने कुरा जानकारी गराउँदछौं’ ।

नयाँ सम्झौता प्रक्रिया पूरा हुनासाथ फेरि हामी नयाँ भाग लिएर आउने छौं । यसबाट दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । भद्रगोल परिवार ।’ गौतमले फेसबूकमा लेखेका छन्’ ।

पछिल्लो दुई श्रृंखलामा ‘मुन्नी’को भूमिकामा देखिएकी प्रियना आचार्यलाई तेस्रो श्रृंखलामा देख्न पाइएला कि नपाइएला भनेर दर्शकहरू कौतुहल थिए । अब त्यो कौतुहलता अझै केही दिन रहने भएको छ ।लोकान्तरबाट

प्रकाशित मिति July 23, 2019
Loading...