कांग्रेसले सरकारको विरोध गर्न जरुरी छैन : गगन थापा

माधव बेल्वासे-: कपिलवस्तु । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले आफनो खाल्डो आफै खनिरहेकोले कांग्रेसले सरकारको विरोध गर्न जरुरी नभएको वताए’ ।

“आफनै खाल्डोमा आफै पुरिन लागेको सरकारलाई राम राम वाहेक अरु केहि भन्न सकिदैँन”– थापाले भने ।

नेपाली काग्रेस कपिलवस्तुले शिवराज नगरपालीका ४ चनईमा आयोजना गरेको आमसभालाई संवोधन गर्दै नेता थापाले सरकारले गल्ती गर्दै अगाडी वढेको टिप्पणि गरे’ ।

कांग्रेसले प्रतिपक्षमा वसेर सरकारको राम्रो कामलाई सहयोग गर्न तयार भएपनि सकारले नागरिकको पक्षमा एउटा पनि काम गर्न नसकेको आरोप लगाए ।सरकारलाई सहयोग गर्न प्रतिपक्ष तयार रहेपनि सरकाले प्रतिपक्षको सुझावको लिन नचाहेको जनाए । नेता थापाले सरकार गठन भएको डेढ वर्ष सम्म पनि सरकारले जनताको पक्षमा आश्वासन दिए अनुसारको काम गर्न नसकेकाले नागरिकमा निरासा छाएको वताए ‘।

सरकारले विभिन्न वाहानामा जनतालाई आन्दोलन गर्न वाध्य वनाएकाले नागरिकहरु असन्तुष्ट भएको उहाको धारणा रहेको छ । मुलुकमा प्रत्येक वर्ष ५ लाख नंया रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले रोजगारको अवसरहरु निर्माण गर्न नसक्दा मुलुकवाट युवाहरु वाहिरीने क्रम नरोकिएको जनाए ।स्वदेश तथा विदेशी लगानीकर्तालाई प्रोत्साहान गरी नंया उधोग धन्दा स्थापना गरी रोजगारीका अवसरहरु वढाउनुको विकल्प नभएको दावि गरे ‘।

कार्यक्रममा नेपाली काग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कांग्रेसले कसैलाई तोडने भन्दा पनि जोडने तर्फ अग्रसर हुनुपर्ने वताए । स्थानीय तहका प्रतिनिधिले पनि जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने उनको भनाई छ’ ।

यस्तै प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनौडीयाले विकास निर्माणको कार्यमा सरकारले पार्टि निकटका ठेकेदारलाई मात्र स्थान दिएको वताए । दिगो रोजगारीका अवसर सिर्जना गर्नुको साटो प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा सडकमा झाडु लगाएर अर्वौ रकम सखाप पारेको आरोप लगाए’ ।

सभामा विभिन्न पार्टि परित्याग गरी करिव १२ सय जना नेपाली काग्रेसमा प्रवेश गरेको नेपाली काग्रेसका जिल्ला सचिव प्रेमवहादुर रायमाझीले वताए’ ।

राप्रपावाट देवराज भारती र केशरी प्रसाद जयसवाल ,नेकपावाट रामचन्द्र अधिकारी, सुनिल केवट, विजयसिंह चौधरी तथा विवेकशिल साझा पार्टिका जिल्ला संयोजक विष्णुप्रसाद पराजुलीको नेतृत्वमा करिव १२ सय जना नेपाली काग्रेसमा प्रवेश गरेको क्षेत्रीय सचिव कमल क्षेत्रीले जानकारी दिए ‘।

प्रकाशित मिति July 22, 2019
Loading...